सानिमा बैंक र पीसीएएफबीच साझेदारी

काठमाडौं । सानिमा बैंकले Partnership for Carbon Accounting Financials (PCAF) सँग साझेदारी गरेको छ, जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ ।

पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइजका रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो ।

पीसीएएफमा विश्वभर ६ वटा महादेशका ३ सय भन्दा बढी वित्तीय संस्थाहरूले सहकार्य गरेका छन्। साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्ररुपमा विस्तार भइरहेको छ ।

footwear zone

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुँदा भविष्यमा दीगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्‍याउने बताए । सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन् ।

You might also like

Comments are closed.