तराईमा बढ्यो महँगी !

काठमाडौं । तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौं उपत्यकामा सात दशमलव ६२ प्रतिशत पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

बैंकका अनुसार २०७८ भदौ महिनामा काठमाडौं उपत्यकामा तीन दशमलव २३ प्रतिशत, पहाडमा तीन दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा तीन दशमलव ५१ प्रतिशत बराबरको मु्रद्रास्फीति थियो ।

footwear zone

त्यस्तै भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव ६४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति आठ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

विसं २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७ दशमलव २९ प्रतिशत, १४ दशमलव ५३ प्रतिशत, १२ दशमलव ३० प्रतिशत, १० दशमलव २४ प्रतिशत र नौ दशमलव ९४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ४१ प्रतिशत, १० दशमलव ५४ प्रतिशत, नौ दशमलव २५ प्रतिशत, आठ दशमलव ११ प्रतिशत र सात दशमलव ६९ प्रतिशत रहेको छ ।

You might also like

Comments are closed.