बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बाँके । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए। तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए।

दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन्। दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए।

footwear zone

स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।

You might also like

Comments are closed.