बैंकले अस्वाभाविक ब्याजदर बढाएको भन्दै पोखराका व्यवसायी आन्दोलित

पोखरा । बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।

संघ अन्तर्गतका व्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए ।

कोरोनाले थलिएको व्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनिहरुको भनाइ छ। पोखरा उद्योग वाणिज्य संघ पनि बैंकविरुद्ध उत्रिएको छ।

footwear zone

संघले बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ। संघले ब्याजदर १ अंकमा झार्न माग गरेको छ ।

You might also like

Comments are closed.