धौलागिरी लघुवित्तको सेयर कारोबार आजबाट सुरू

काठमाडौं ।  बिहीवार नेप्सेमा आईपीओ सूचीकृत आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रि-ओपन सेसनमा पहिलो कारोबार भएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४८.६६ रुपैयाँदेखि ४४५.९८ रुपैयाँ ओपन रेञ्ज तोकेको थियो र कम्पनीको १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरू भएको हो। कम्पनीको ‘डिएलबिएस’ संकेतमा सेयर कारोबार खुला भएको छ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत भएको थियो ।कम्पनीको १० लाख ३१ हजार कित्ता आइपिओ बिहीबार सूचीकृत भएको हो।

footwear zone

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

 

You might also like

Comments are closed.