गरिमा विकास बैंकको खुद नाफा १३ करोड २९ लाख

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको खुद नाफा घटेर १३ करोड २९ लाखमा सीमित भएको छ। गरिमा बैंकको अघिल्लो वर्षको सोही अवधिको खुद नाफा १४ करोड २५ लाख रहेकोमा यस वर्ष घटेर १३ करोड २९ लाखमा सीमित भएको हो ।

अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ । वितरणयोग्य मुनाफामा ८ करोड २२ लाखले ऋणात्मक बनेको छ ।

समीक्षा अवधिमा बैंकले ७९ करोड ६२ लाख बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको यस्तो आम्दानी ५६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो । नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस)मा प्रभाव परेको छ ।

footwear zone

समीक्षा अवधिमा गरिमा विकास बैंकले ६८ अर्ब ९६ करोड बढी निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ।

You might also like

Comments are closed.