माछापुच्छ्रे बैंकको खुद नाफा ४५ करोड ११ लाख

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ४५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ४५ करोड ११ लाख रहेको छ ।

बैंकको अघिल्लो वर्ष यही अवधिमा ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा रहेको थियो । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९ दशमलव ६५ प्रतिशतले कम हो ।

यो त्रैमासमा बैंकले सञ्चालक मुनाफाबापत ६४ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८० करोड ५१ लाख रुपैयाँ रहेको थियो।

footwear zone

समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २० प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यो हिसाबले खुद ब्याज आम्दानी १५ दशमलव ८९ प्रतिशतले बढेको छ ।

You might also like

Comments are closed.