नेपालगञ्जमा चुराको गोदाममा आगलागी, एक जनाको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो।

उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए। प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

footwear zone

मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए। घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ। विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ।आगलागीबाट करिब रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ

You might also like

Comments are closed.