रुसद्वारा खाद्यान्नसम्बन्धी सम्झौता स्थगन

काठमाडौं । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा रूसले आफ्नो सहभागितालाई स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सीएनएनले जनाएको छ। रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो।

संयुक्त राष्ट्रसंघका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्वीटमा भने, “रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुनिश्चितता गरिएको छ ।”

उनले भने, “संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसलाई यसबारे चाँडै नै आधिकारिक रूपमा सूचित गरिनेछ।” संयुक्त राष्ट्रसंघ र टर्कीसँग रूस र युक्रेनबीच भएको खाद्यान्न सम्झौताले ‘ब्ल्याक सी’का तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको छ।

footwear zone

भोकमरीको आसन्न खतराको सामना गरिरहेका विश्वका गरिब राष्ट्रका लाखौं मानिसहरूले यो अति आवश्यक मात्रामा खाद्यान्न बजारमा पुग्ने र खाद्यान्नको मूल्य फेरि एकपटक किफायती हुन सक्ने समाचार सुनेर राहतको सास फेरेका समय रूसको यो निर्णय आएको हो। यद्यपि, दुई देश (रूस र युक्रेन) बीचको तनाव बढेकाले रूसको यो निर्णयले विश्वको दुःखलाई अझ बढाउनेछ।

युक्रेनविरूद्धको रूसी आक्रमण पछि मस्कोले ‘ब्ल्याक सी’मा रहेका बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो भने युक्रेनले पनि रुसी आक्रमण रोक्न ब्ल्याक सी क्षेत्रमा आक्रमण गरेको थियो। रूसी आक्रमणसँगै युक्रेनी अनाज निर्यात गर्न प्रयोग गरिने बन्दरगाहहरू व्यावसायिक ढुवानीको लागि अवरुद्ध गरिएको थियो र युक्रेन एक प्रमुख अनाज निर्यातकर्ता भएकोले विश्वभर आवश्यक वस्तुको मूल्य वृद्धि भएको थियो।

तीव्र भोकमरीको सामना गरिरहेका लाखौं गरीब मानिसहरूका लागि ब्ल्याक सी क्षेत्रमा खाद्यान्न निर्यातमा गरिएको अवरोधले खाद्यान्न अभाव भएको छ । युक्रेन र रूस दुवै विश्वमा खाद्यान्नको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्। नाकाबन्दीका कारण विश्वभर खाद्यान्नको मूल्य बढेको छ। रूस र युक्रेनबीच खाद्यान्नलाई निर्यात गर्ने सम्बनधमा भएको यो सम्झौता अर्को महिनादेखि सकिँदैछ।

त्यसैबीच शनिबार युक्रेन र रूसबीच भएको युद्धबन्दी आदानप्रदान अन्तर्गत १०० भन्दा बढी युद्धबन्दीलाई रिहा गरिएको छ। युक्रेनको राजधानीमा रूसी आक्रमणका कारण उत्पन्न विद्युत् कटौती यस सप्ताह अन्तमा पनि जारी रहेको सीएनएनले जनाएको छ।

You might also like

Comments are closed.