प्रभु बैंक र बैना दोहोरी साँझ एण्ड मार्सी भान्छा घरबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र न्युरोड पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरका तर्फबाट निर्देशक गोविन्दबहादुर घर्ती मगरले हस्ताक्षर गरेका छन् ।

बैंक र रेस्टुरेण्टबीको सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरद्वारा सञ्चालित “फुड”, “वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

footwear zone

त्यस्तै, बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.