पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार पनि पुनः बढेको छ । मंगलबार तोलामा १ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि पुनः तोलामा ५ सय रुपैयाँले बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १२ सय २५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । मंगलबार चाँदी तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.