काठमाडौं । पर्वतको कुस्मास्थित हार्नेस् जिपलाइन र प्रभु बैंक लिमिटेडबीच छुट सम्झौता भएको छ ।
प्रभु बैंकका ग्राहकलाई हार्नेस् जिपलाइनका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हार्नेस् जिपलाइनद्वारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन) सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेसका तर्फबाट अध्यक्ष विदुर पौड्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार हार्नेस्मा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाइनेछ ।




Comments are closed.