सेयर बजारको उकालो यात्रा जारी : नेप्से ७.३२ अंकले बढ्दा एक अर्ब ४६ करोडको कारोबार

काठमाडौं । यो साता लगातार बढ्दै गएको सेयर बजार परिसूचक (नेप्से) को उकालो यात्रा जारी छ । चाडपर्व अघि निरन्तर ओरालो लागेको नेप्से चाडपर्व पछि भने निरन्तर उकालो यात्रामा छ । उसो त आम निर्वाचन नजिकिएसँगै सेयर बजार उकालो लागेको कतिपयको बुझाइ छ ।

तिहार पछि बजार खुलेको पहिलो दिन सोमवार १६ अंकले बढेको नेप्से मंगलवार भने ५६ दशमलव ११ अंकले बढेको थियो । कारोबारको तेस्रो दिन आज (बुधबार) सात दशमलव ३२ अंकले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ।

दिनभर तलमाथि भइरहेको सेयर बजार बुधबार बन्द हुने बेलामा भने सात दशमलव ३२ अंकले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको हो ।

footwear zone

आज बजारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। कुल दुई सय २७ वटा कम्पनीको ४३ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको सेयर बढेको छ ।

You might also like

Comments are closed.