नागरिकको जनजिविकाको वास्तविक अवस्था बदल्नु मेरो मुख्य उद्देश्य : श्रमिक जि.सी.

पोखरा । कास्की क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी उम्मेदवार श्रमिक जि.सी.ले आफ्नो प्रतिवद्धता जाहेर गरेकी छन् ।

जि.सी. ले आगामी मंसिर ४ गते हुने आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ ख को प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवारको रुपमा ‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी छन् ।

जि.सी.ले आजसम्म विभिन्न पार्टीका नेताहरुले देशको चौतर्फी विकासका लागि सकारात्मक काम गरे पनि त्यसले जनताको अवस्थामा भने परिवर्तन ल्याउन नसकेको बताएकी छन् । साथै पार्टीहरुबीचको अन्त कलह र लुछाचुडीले संघीयतालाई नै धरापमा पारेको उनले बताएकी छन् ।

footwear zone

विविध कारणले अब जनताको जनजिविकाको वास्तविक अवस्था बदल्न सशक्त युवा र महिला नेतृत्वको आवश्यकता महसुस गर्दै आफू चुनावी मैदानमा होमिएको उनले बताइन् ।

घरेलु हिंसा तथा बाल दुराचार मुक्त, भ्रष्टचार रहित आधुनिक साँस्कृतिक नेपाल (Modern Cultural Nepal) निर्माण गर्ने मुख्य उद्देश्य लिएर चुनावि मैदानमा होमिएकी जि.सी. ले जनताले एकपटक विश्वास गरि आफू प्रदेश सभा सदस्य बनेपछि नीति निर्माणको तह र विकासको कार्यमा आफ्नो योगदान रहने बताइन् ।

उनले सामाजिक, साँस्कृतिक तथा शिक्षा क्षेत्रमा आफ्नो योगदान रहने पनि प्रतिवद्धता व्यक्त गरेकी छन् । साथै स्वास्थ्य, सुरक्षा र रोजगारका क्षेत्रमा, राजनीतिक, पर्यावरण र आध्यात्मिक, भौतिक तथा संचार, क्षेत्रगत विकासका क्षेत्रमा पनि आफ्नो योगदान रहने उनले प्रतिवद्धता जनाएकी छन् ।

निर्वाचन आयोगले आजदेखि प्रचारप्रसार गर्न अनुमति दिएसँगै दल तथा उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि जुलुस, आमसभा र कोणसभा गर्न व्यस्त भएका छन् । चुनावी प्रचारप्रसारअन्तर्गत स्वतन्त्र उम्मेदवार जि.सी.ले आज पोखरा वडा नं. ८ र ९ का जनताहरुसंग भेटघाट गरेकी छन् । त्यहाँका जनताहरुबाट आफूले सकारात्मक प्रतिक्रिया पाएको जि.सी.ले बताइन् ।

भेटघाटका क्रममा उनले स्वतन्त्र उम्मेदवारहरु देशको व्यवस्था निर्माण गर्नका लागि विकल्प भएर उदाएको र देशलाई थप विकास गरेको हेर्न चाहेको भन्दै एकपटक नयाँ उम्मेदवारलाई विश्वास गर्न आग्रह गरिन । साथै उनले पुराना पार्टी र नेताहरुलाई बारम्बार मौका दिए पनि देश र जनताका लागि कुनै परिवर्तन गर्न नसकेको भन्दै अब भने नेता र पार्टीहरुलाई युवाहरुले चिन्ने र उचित मूल्यांकन गर्ने सही समय आएको बताएकी छन् ।

You might also like

Comments are closed.