तोलामा १ सय रुपैयाँले पुनः घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । नेपाल बजारमा शुक्रबार छापावाल सुन पुनः घटेको छ । बिहीबार तोलामा ४ सयले घटेको छापावाल सुुन शुक्रबार पनि पुनः तोलामा १ सय रुपैयाँले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै शुक्रबार चाँदी तोलाको १२ सय २५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । बिहीबार चाँदी प्रतितोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.