काठमाडौं । आइतबार बढेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ । आइतबार एकैदिन तोलामा १४ सयले बढेको छापावाल सुन सोमबार भने तोलामा २ सयले घटेको छ ।
तोलामा २ रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै सोमबार चाँदी तोलाको १२ सय ६५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । आइतबार चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.