लुम्बिनी विकास बैंक र नेशनल प्याब्सन- मधेश प्रदेश समितिबीच सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध बिद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई दुर्घटना बीमा साथै स्वास्थ्य बीमा सुबिधा प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितिको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरी, नेशनल प्याब्सन मधेश प्रदेश समितीका प्रदेश सचिव जितेन्द्र प्रसाद यादव, सह सचिव के. एस. फिजिसियन, सदस्यहरु मालती कुमाल, विजय यादव, बसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ, सचिव प्रमोद सहनि, कोषाध्यक्ष राजेश लिम्बु, सोना लाल पटेल, उत्तम गुप्ता लगायत , अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृतउमेश रेग्मीले जानकारी दिएका छन् ।

footwear zone

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.