कँडेलद्वारा पोखरा वडा नं. २१ का जनतासंग भेटघाट

कास्की । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार माधवप्रसाद कँडेलले सोमबार पोखरा वडा नंं २१ का जनतासंग भेटघाट गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत रहेका कँडेलले आइतबार वडा नं. १७ का जनतासंग भेटघाट गरेका थिए।

निकै उत्साहका साथ पोखरेली जनतासंगको भेटघाटलाई तिव्रता दिएका कँडेलले जनताको सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । यसपटकको चुनावमा सम्पूर्ण जनता परिवर्तनकै पक्षमा देखिएको कँडेलको भनाई छ।

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको कँडेलले बताए ।

footwear zone

चुनावको मिति नजिकिएसँगै पोखरेली जनतासँग भोट माग्न व्यस्त उम्मेदवार कँडेलले भोलि पोखरा वडा नं. ३० मा घरदैलो कार्यक्रम रहेको कँडेलले जानकारी दिएका छन् । कँडेलले निर्वाचनका लागि आफू निकै उत्साही भएको र त्यहाँका जनताले आफूलाई विजयी गराउनेमा आशावादी रहेको प्रतिक्रिया दिए ।

You might also like

Comments are closed.