तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य फेरि लगातार ओरालो लागि रहेको छ । सोमबार २ सय रुपैयाँले घटेको छापावाल सुन मंगलबार पनि फेरि तोलामा ३ सय रुपैयाँले घटेको छ ।

तोलामा ३ रुपैयाँले घटेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.