चौधरी ग्रुपले नवलपरासीमा ‘सीजी स्न्याक्स प्रालि उद्योग’ स्थापना गर्दै

नवलपरासी। चौधरी ग्रुपले पश्चिम नवलपरासीमा ‘सीजी स्न्याक्स प्रालि उद्योग’ स्थापना गर्ने भएको छ । पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न चौधरी ग्रुपले सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको हो।

चौधरी समूहले उद्योग स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर संचालनको अनुमति लिएको छ । समूहले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिघा जग्गा खरिद गरी उद्योग स्थापनाको काम थालेको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए। तर, हाल काम गर्न अवरोध भएका कारण उद्योग विस्तार गर्ने काम निर्वाचन लगत्तै अगाडि बढाइने चौधरीको भनाई छ ।

footwear zone

अर्वपति विनोद चौधरी नेपाली कांग्रेसबाट यहि क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्। उनले चुनावी घरदैलोको क्रममा केरा किसानले उचित मूल्य नपाएको भन्दै केरासम्बन्धी प्रशोधन उद्योग खोल्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएका हुन्। निर्वाचन नआउँदै आफूले गरेका प्रतिबद्धता पूरा गरेपछि त्यस क्षेत्रका जनता हर्षित भएका छन् ।

You might also like

Comments are closed.