विश्वकप फुटबल प्रतियोगिताका नाममा रकम नउठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज मिडिया हबले विश्वकपको नाममा विज्ञापनबापत प्रतिग्राहक रु पाँच सय उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो। अदालतले उक्त विषयमा छलफलका लागि सबै पक्षलाई यही कात्तिक २७ गते बोलाएको छ ।

अधिवक्ता किशोर पौडेलले दायर गरेको रिट निवेदनमा राष्ट्रिय प्रसारण नियमावलीमा सरकारले बाहेक रकम तोक्न नपाउने व्यवस्थाविपरीत मिडिया हब नीति कम्पनी गरेको निर्णय रोक लगाउन आदेशको माग गरिएको थियो ।

footwear zone

केबल टेलिभिजन लिएबापत तिर्नुपर्ने सेवा शुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकोमा निजी कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा छ। नेपालमा विगत लामो समयदेखि फुटबल खेलको महासङ्ग्राम, फिफा विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजनमा विभिन्न च्यानलले प्रत्यक्ष प्रसारण गर्दै आएका छन् ।

आगामी मङ्सिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगितामा हुने खेल तालिका सार्वजनिक भइसकेको छ । विगत लामो समयदेखि खेल जगत्मा हेर्न सर्वाधिक रुचि राखिएको विश्वकपमा यसभन्दा अघिका संस्करण सहज तरिकाले हेर्न मिल्ने व्यवस्था रहेकोमा यसपटक शुल्क तोकिएको रिट निवेदनमा उल्लेख छ ।

You might also like

Comments are closed.