युआरएल पुरस्कारका लागि छनोट समिति गठन

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए ।

३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ । समितिमा एक चिकित्सक र अर्का एक सदस्य नागरिक अधिकारकर्मीबाट रहनेछन् । युआरएलले स्थापना तथा सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ।

आगामी मंसिर २३ हुने हुने युआरएलको नवौं वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने युआरएलका प्रबन्ध निर्देशक गणेश कोइरालाले बताए । यो पुरस्कार कम्तीमा ५ वर्षदेखि गण्डकी प्रदेशमा रही स्वास्थ्य बिटमा पत्रकारिता गर्नेलाई प्रदान गर्ने गरिएको छ।

footwear zone

यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् । पोखराको सभागृहमा केन्द्रीय कार्यालय रहेको युआरएलले पोखरासहित गण्डकीका विभिन्न जिल्लामा ११ शाखा र ३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ।

युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी १२९ शिविरमार्फत सबा लाखभन्दा बढीलाई सित्तैमा सेवा दिएको छ।

You might also like

Comments are closed.