‘गणेशमान सिंहको संघर्ष’ नामक पुस्तक सार्वजनिक

काठमाडौं । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको संघर्ष’उनकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उनको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ।

उनकी कान्छी सुपुत्री डा मीता सिंहले लेखेको दुई सय ३१ पृष्ठ लामो सो पुस्तक आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । पुस्तकमाथि प्रकाश पार्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वप्रतिनिधि प्रा जयराज आचार्यले गणेशमान एक निष्ठावान् लौहपुरुष मात्र नभई एक बौद्धिक व्यक्तित्व तथा परिपक्व राजनीतिज्ञ पनि रहेको बताए ।

कांग्रेसका लोकप्रिय नेता बिपी कोइरालाको देहावसान पछि पनि पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्दै गणेशमान सिंहले विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःस्थापनाका निम्ति पुर्‍याएका महत्वपूर्ण योगदानको उनले चर्चा गरे ।

footwear zone

रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सर्वोच्च नेता सिंह बाहिरबाट कठोर देखिए पनि भित्रबाट अत्यन्त कोमल तथा सहृदयी भएको बताए। नेता सिंहले प्रजातन्त्रवादी र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने कार्य नगरेको भए निरंकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्र प्रणालीको स्थापना असम्भव रहेको उनको भनाइ थियो ।

समाजसेवी दुर्गा घिमिरेले डा सिंहद्वारा लिखित सो पुस्तकमा गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि आर्थिक क्रान्ति र समानताको मुद्दा उठाएको भन्दै पुस्तक अहिलेका युवा वर्गको निम्ति पठनीय तथा प्रेरणादायी हुने विचार व्यक्त गरे ।

पुस्तककी लेखक डा सिंहले बुबा गणेशमान सिंहले गरेको त्याग, तपस्या र सङ्घर्षबारे आजको युवा पुस्तालाई जानकारी मिलोस् र त्यसबाट देश तथा समाजको निम्ति केही गर्ने प्रेरणा प्राप्त होस् भनी पुस्तक नेपालीमा अनुवाद गरिएको बताइन् ।

उक्त पुस्तक गत वर्ष प्रकाशित डा सिंहद्वारा रचित ‘‘द स्ट्रगल अफ गणेशमान सिंह’’ को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद अन्विका गिरीले गरेकी छन् ।

You might also like

Comments are closed.