काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो सेवा शुभारम्भको २८ वर्ष पूरा गरी २९ वर्षमा लागेको छ ।
वित्तीय संस्थाले वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्नुका साथै शाखाहरुमा समेत भव्यरुपमा आफ्नो वार्षिक उत्सव मनाएको छ ।
हाल वित्तीय संस्थाको शाखा सञ्जाल सातै प्रदेशमा रहेको छ । वित्तीय संस्थाले आधुनिक बैँकिङ सेवा उपलब्ध गराउँदै ग्राहकहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएकोे छ ।

वित्तीय संस्थाले आगामी दिनमा निक्षेप संकलन तथा कर्जा लगानीमा नविनम योजनाहरुसहित देशका दुर दराजमा रहेका नागरिकहरुलाई समेत बैँकिङ सेवा उपलब्ध गराउने संकल्पसहित अघि बढिरहेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिए ।




Comments are closed.