समृद्धि फाइनान्सले मनायो विभिन्न कार्यक्रम गरी २१औं वार्षिकोत्सव

काठमाडौं ।  समृद्धि फाइनान्सले २१औं वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सवको मनाएको छ ।

आज (शुक्रबार) होटेल नेपाल हाउसमा २१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको थियो भने १० वर्ष भन्द पुरानो ४ जना कर्मचारीहरुलाई दिर्घ सेवापदक सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा समृद्धि फाइनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन-२०२२ को मुख्य प्रायोजक भई कार्तिक १९ गतेदेखि २१ गते कार्यक्रम आयोजना गराएको थियोे ।

footwear zone

आफ्नो सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । साथै यस संस्थाका सबै शाखाको ऋणीहरुमध्ये १० जना उत्कृष्ठ ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको जानकारी यस संस्थाका का.मु मुख्य व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी गराए ।

२१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ ४ वटा खाताहरु सार्वजनिक गरिएको थियो । लोभ लाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, ३ महिने मुद्घती निक्षेपमा १३.२० प्रतिशत रहेको खाता , कल खातामा ४.५ प्रतिशत ब्याज रहेको खाता र समृद्घि डबल धमाका, तेब्बर धमाका , पाँच गुणा र आठ गुणाको मुद्धतिखाताहरु भएको लोभ लाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।

You might also like

Comments are closed.