पोखरा नेपालकै सुन्दर तथा पर्यटकीय नगरी हो । यो सुन्दर नगरीमा लायन्सको क्याबिनेट मिटिङ आयोजना गर्न पाउँदा हामी गौरव महसुस गरिरहेका छौं । अघिल्लो दिन कात्तिक २५ गते क्याबिनेटको महत्वपूर्ण मिटिङ भएपनि दोस्रो दिन कात्तिक २६ गते हुने फेलोसिप कार्यक्रमले लायन्समा नयाँ उत्साह थप्ने हामीले विश्वास लिएका छौं ।

मिटिङ सफल बनाउन योगदान गर्ने सम्पूर्ण प्रति आयोजकको तर्फबाट हामी आभार व्यक्त गर्दछौं । क्लबलाई होस्ट गर्ने अवसर प्रदान गरेकोमा डिष्ट्रिक्टप्रति आभारी छौं । हाम्रो क्लब सामाजिक क्षेत्रमा निरन्तर सक्रिय छ । क्याबिनेट मिटिङपछि आगामी दिनमा क्लबको सक्रियता अझै बढ्ने मैले विश्वास लिएको छु ।

म डिष्ट्रिक्टमा आइटी एण्ड सेक्रेटियट कोअर्डिनेटरसँगै क्लबको प्रथम उपाध्यक्षको जिम्मेवारीमा पनि रहेको छु । आगामी वर्ष क्लबको नेतृत्व गर्ने जिम्मेवारी मैले बहन गर्दैछु । यो वर्ष क्लब उत्कृष्ट बनेको छ । यो क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने नै छौं ।





Comments are closed.