तोलामा ६ सयले बढ्यो सुनको मूल्य

काठमाठौं । नेपाली बजारमा  पछिल्लो समयमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । शुक्रबार तोलामा १३ सयले बढेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिन आइताबार पनि पुनः तोलामा ६ सयले बढेको छ ।

आइतबार तोलामा ६ सय रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै चाँदी प्रतितोलाको १ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.