सिटिजन्स बैंकले संचालनमा ल्यायो लमजुङको राइनासमा विस्तारित काउण्टर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लमजुङको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ ।

लमजुङको राइनास नगरपालिका वडा नं ४ मा बैंकले आफ्नो दोस्रो विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको हो ।यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यसअघि बैंकले मकवानपुर जिल्लाको रजैयामा पहिलो विस्तारित काउण्टर सेवा संचालनमा ल्याइसकेको छ ।हाल सिटिजन्स बैंक इन्टरनेसनलले १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा एटीएम ९६ वटा शाखा रहित बैंकिङबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

footwear zone

अहिलेसम्म यस बैंकका विभिन्न ईकाईहरुबाट करिब १५ लाख ग्राहकवर्गहरुले बैंकिङ सेवा लिइरहेका छन् ।

You might also like

Comments are closed.