सानिमा बैंकले ल्यायो ‘सानिमा VISA Direct’ सेवा

काठमाडौं ।  सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा VISA Direct सेवा ल्याएको छ । यो सेवा मार्फत ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ ।

सेवा नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले VISA Internationalसँग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो ।

footwear zone

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

You might also like

Comments are closed.