विपश्यना ध्यानप्रति आस्था र अभिरुचि भएकाहरु बूढानीलकण्ठ, मुहानपोखरीस्थित धर्मश्रृंग विपश्यना ध्यान केन्द्रमा सञ्चालन हुने १० दिने साधना शिविरमा सहभागी हुन्छन् ।
विपश्यना ध्यानका साधकहरुका लागि यस केन्द्रमा हरेक महिना १ र १४ तारेखमा शुरु हुने दुई शिविर सञ्चालन हुँदै आएका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बगलमै नागार्जुन डाँडाको काखमा रहेको यो स्थान प्रदूषण र शहरी होहल्लाबाट धेरै हदसम्म मुक्त छ ।
यहाँ भगवान् बुद्धद्वारा देशित अनित्य दर्शनको बोध गर्ने र समताभाव विकास गर्ने विधि सिकाइन्छ । शरीरभित्रकै संवेदना र चित्तका गतिलाई समताभावमा रहेर नियाल्ने यो विधि नेपालमा कल्याणमित्र सत्यनारायण गोयन्काले भित्र्याउनु भएको हो ।

यस शिविरमा विदेशी नागरिकहरुको पनि उल्लेख्य संख्यामा सहभागिता रहेको पाइएको छ ।




Comments are closed.