सेयर बजारमा हरियाली !

नेप्से २५ अंकले बढ्दा १ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) मा आज हरियाली छाएको छ । बिहीवार नेप्से दोहोरो अंकले बढेको छ। बुधवार १३ अंकले बढेको नेप्से आज २५ दशमलव ५७ अंकले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड ५४ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ। जससमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव २७ अंकले बढेर १३ सय ५७ दशमलव ९२ अंकमा चढेको छ। विकास बैंक समूहको सूचक पनि ६४ दशमलव ९१ अंकले बढेर तीन हजार चार सय ६२ दशमलव ५५ अंकमा चढेको छ ।

footwear zone

त्यस्तै, जलविद्युत समूहको सूचक ६१ दशमलव ६९ अंकले बढेर दुई हजार २९ दशमलव २५ अंकमा, जीवन बीमा समूहको सूचक ५६ दशमलव ७४ अंकले बढेर नौ हजार ७७ दशमलव चार अंकमा, निर्जिवन बीमा समूहको सूचक एक सय दुई दशमलव १७ अंकले बढेर सात हजार ६ सय ७५ दशमलव ९९, फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहको सूचक पनि बढेका छन् ।

You might also like

Comments are closed.