काठमाडौं । नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएको समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशनले फास्ट बैंकिङ सार्वजनिक गरेको छ ।
बुधबार होटेल र्याडिसनमा आयोजित फास्ट बैंकिङ लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो । कार्यक्रममा राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेकका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एप अनावरण गरी कार्यक्रमको शुरूवात गरेका थिए । स्मार्ट चोइस टेक्नोलोजिजका संचालक सान्तराज बतासको स्वागत मन्तव्यसँंगै सुरु भएको कार्यक्रममा स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङको बारेमा जानकारी गराइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङ अनुभवलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए । हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझैपनि बैंककै शाखामा धाउनु पर्ने बाध्यता रहेको छ ।
यसको सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङमै जोड्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुजुले जानकारी दिए ।
साथै फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहतरुपमा घटाउन सकिने जानकारी दिए ।




Comments are closed.