मुक्तिनाथ विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्ट’ बीच छुट सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.र “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टबीच छुट सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १५ प्रतिशत विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” मा फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।

footwear zone

त्यस्तै, प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआरकोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.