दाङ । बैंकहरुले चर्को व्याजदर निर्धारण गरेर व्यवसायीहरुलाई थप संकट बनाएको जनाउँदै बेलबारीका उद्यमीहरु आन्दोलित भएका छन् ।
उनीहरुले आज दिउँसो उच्च बैंक व्याजदर तथा प्रतिकूल बैकिङ नीतिहरुविरुद्ध विरोध प्रदर्शनसमेत गरेका छन् ।सो प्रदर्शन बेलबारी-३ पुरानो मालपोतबाट सुरु भएर दुर्गा मन्दिर हुँदै राष्ट्रिय वाणिज्य बैंक अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
बेलबारी उद्योग वाणिज्य संघ र उत्तरी मोरङ होटल व्यवसायी संघको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरु प्ले–कार्डसहित नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए ।

बैंकले व्याज वृद्धि गर्दा व्यवसायीहरु थला परेको र उठ्नै नसक्ने गरी बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष राजेशजङ्ग कार्कीले बताए ।
बैंकहरुले बढाएको व्याज तत्काल फिर्ता लिन र व्यवसायीहरुलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन पर्यटन व्यवसायी विजय सुवेदीले आग्रह गरे ।




Comments are closed.