काठमाडौं । गायिका रितु कँडेलले बालबाटिका अनाथ आश्रमका बालबालिकाहरुसँग जन्मदिन मनाएकी छन् ।
पछिल्लो समय जन्मदिनमा महङ्गा होटेलमा फजुल खर्च गरेर जन्म दिन मनाउने चलन भएता पनि गायिका कंडेलले भने अनाथ बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाएकी छन् ।
गायिका कँडेलले आफ्नो जन्मदिन बिहीबार मनाएकी हुन् । उनको जन्मदिनमा एकीकृत शक्ति नेपालका केन्द्रीय सदस्य बिन्दु बुढाथोकी, प्रतिक्षा शर्मालगायत आश्रमका बालबालिकाको उपस्थिति रहेको थियो ।

गायिका कँडेलले आश्रममा रहेका ४० जना बालबालिकाहरुलाई खानेकुरा खुवाउनुको साथै जाडोमा लगाउने कपडासमेत वितरण गरेकी छन् ।




Comments are closed.