‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ भृकुटीमण्डपमा जारी, ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । फुटवयर म्यानुफ्याक्चर्र एसोसियसन अफ नेपालले आयोजना गरेको ‘जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला’ भृकुटीमण्डप ठूलोचौरमा जारी छ । कात्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस २ गतेसम्म चल्नेछ ।

निर्वाचनका कारण मेला केही प्रभावित भएपनि ग्राहकहरुको आकर्षण बढ्दो रहेको संघका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । निर्वाचनको एक दिन मेला बन्द हुने र अन्य दिन भने निरन्तर चल्ने संयोजक उपाध्यायले जानकारी दिए । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

जाडो मौषमलाई लक्षित गरी एसोसिएसनले मेला आयोजना गरेको हो । मेलामा जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको उपाध्यायले जानकारी दिए । सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताहरु खरिद गर्न सकिने उनले बताए ।

footwear zone

न्यानो जुत्ता तथा विवाहको लगनलाई लक्षित गरी पार्टी सुजहरु मेलामा उपलब्ध रहेको संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए । क्याजुअल सुज, लेडिज सुज, बेबी सुज, स्पोर्टस् सुजलगायतका जुत्ता चप्पल मेलामा उपलब्ध हुनेछन् । मेलामा छालाका पेटीहरु पनि उपलब्ध रहेका छन् ।

मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु एकै स्थानमा खरिद तथा अवलोकन गर्न सकिने कार्यसमिति सदस्य तथा मेलाका सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए । मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुका जुत्ता चप्पल उपलब्ध रहेको संयोजक उपाध्यायले जानकारी दिए ।

You might also like

Comments are closed.