काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंको साधारण सभा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो । सभाले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित सबै प्रस्तावहरु सर्वसम्मत पारित भएका छन्।
सभाले पारित गरेको ३.३६६३ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई १४१ अर्ब ५० करोड पुगेकोे छ।

त्यसैगरी बैंकले १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ। हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टरमार्फत आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।




Comments are closed.