आइतबार चार्टर्ड उडान मात्रै

 

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ। तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

footwear zone

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ। अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

You might also like

Comments are closed.