दक्षिण सुडानको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं । दक्षिण सुडानमा जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक रहेको भन्दै त्यसप्रति चासो व्यक्त गरेको हो।

अपर नाइलको फासोदा जिल्लामा यहाँका सिलक सशस्त्र समूह र नुइर विद्रोही समूहका बीचमा केही दिन यतादेखि हिंसा सुरु भएको बताइएको छ। संयुक्त राष्ट्रसंघले सो हिंसाका कारण यस क्षेत्रको वरपरका नगरहरुमा पनि असर गरेको त्यहाँका नागरिकहरु घर छोडेर भाग्ने क्रम बढ्दै गएकाले सो हिंसा रोक्न सबै पक्षको आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको जनाएको छ ।

गएको अगष्ट महिनामा यहाँका स्थानीय कैयौँ हिंसात्मक समूहहरुका कारण ठूलो सङ्ख्याका मानिसहरु पनि विस्थापित हुन पुगेका भन्दै यसबाट यहाँका नागरिकमा त्रास बढेको बताइएको छ ।

footwear zone

संयुक्त राष्ट्रसंघले सो हिंसामा परेर यहाँका सयौँ मानिस मारिएका छन् भने हजारौँ जना विस्थापित भएका छन्। विस्थापित व्यक्तिहरुको बसोबासको अवस्था नरहेको र उनीहरु देशभित्रै शरणार्थी बनिरहेकाले हिंसा रोक्नेतर्फ पहल हुनुपर्ने बताएको छ ।

दक्षिण सुडानी सुरक्षा निकायहरुले यहाँको हिंसा रोक्ने प्रयत्न गरेका भए पनि धेरै युवाहरुको संलग्नता विद्रोही समूहहरुमा रहेका र उनीहरुले निकै क्रुर हिंसामा संलग्न हुँदै गएकाले समस्या उत्पन्न भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

दक्षिणी सुडानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले यहाँको हिंसाको अन्त्यका लागि सबैसँग आग्रह गरेको हो। ती विद्रोही समूहहरुलाई हिंसात्मक आक्रमणको काम तत्कालै रोकेर शान्तिपूर्ण वार्ताका माध्यमबाट सबै समस्याको समाधान गर्न आग्रह गरेको हो ।रासस

You might also like

Comments are closed.