सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

काठमाडौं । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन्।

पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो, जसमा तीन यात्रुको मृत्यु भएको थियो भने सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन्।

त्यसको केही मिनेटपछि दुशी जिल्लाको सोही क्षेत्रमा अर्को यात्रुबाहक बस पल्टेर खाल्डोमा खस्दा आठ यात्रुको मृत्यु भएको थियो अन्य ३९ जना घाइते भएको स्थानीय ट्राफिक अधिकारी नेजामुदिनले सिन्ह्वालाई बताएका छन्।

You might also like

Comments are closed.