काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




Comments are closed.