काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारीअनुसार कतारमा जारी विश्व कप फुटबल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाइने भएको छ ।
साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन्। यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसिर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।




Comments are closed.