कात्तिक महिनामा कर्जा लगानी एक अर्ब २७ करोडले वृद्धि

काठमाडौं । कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाबाट भएको कर्जा लगानी एक अर्ब २७ करोडले मात्रै वृद्धि भएको छ।

असोजमा वाणिज्य बैंकहरूले कुल ४२ खर्ब २० अर्ब ३१ करोड कर्जा लगानी गरेकोमा कात्तिकमा कुल ४२ खर्ब २१ अर्ब ५८ करोड लगानी भएको छ। कर्जा रकममा एक अर्ब २७ करोडले मात्रै वृद्धि भएको हो।

त्यस्तै, यो अवधिमा बैंकहरूको निक्षेप १६ अर्ब रूपैयाँले बढेको छ। असोजमा ४५ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले कात्तिकमा ४५ खर्ब ६३ अर्ब संकलन गरेका छन्।

footwear zone

सानिमा बैंक निक्षेप संकलन सबैभन्दा धेरै पाँच अर्ब ९० करोड रूपैयाँले बढेको छ भने, नेपाल बैंकले सबैभन्दा धेरै दुई अर्ब ३१ करोड रूपैयाँले कर्जा लगानी बढाएको छ।

You might also like

Comments are closed.