नाइजेरियामा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

काठमाडौं । नाइजेरियामा भएको बस दुर्घटनमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसमा सवार यात्रुमध्ये कम्तीमा ३७ जनाको ज्यान गएको यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ। बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस एक आपसमा ठोक्किएका थिए ।

बस ठोक्किँदा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ । नाइजेरियामा सडक दुर्घटनाहरु प्रायः हुने गरेका बताइन्छ ।

footwear zone

खासगरी खराब अवस्थामा रहेका सडकहरु तथा यहाँका चालकहरुले भद्रगोलरुपमा सवारी हाँक्ने गरेकाले दुर्घटनाहरु हुने गरेको प्रहरीको भनाई छ । रासस

You might also like

Comments are closed.