कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेडबीच मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुवै बैंकले बुधबार कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरको लागि बैंकका संचालक समितिहरुले एक बराबर एक अर्थात १ः१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।

You might also like

Comments are closed.