‘सफलता हाम्रो, साथ ग्लोबलको’

सल्यान । सल्यानस्थित मार्केमा २०१८ सालमा जन्मिएकी रामकली बोहराको विवाह सोही जिल्लाको कुपिण्डेदह स्थायी घर भई हाल दाङ जिल्लाको तुलसीपुर १० मा बसोबास गर्ने कामीबहादुर बोहरासंग भएको थियो ।

विवाह पश्चात ३ छोरा, १ छोरीको जन्म पश्चात उनीहरुको पालनपोषण, पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । त्यसपछि २०५० सालमा सल्यानबाट दाङको तुलसीपुर १० मा व्यापार व्यवसाय गर्ने उद्देश्यले बसाई सरी आएका थिए । बाख्रा पालन व्यावसाय गरिरहेका श्रीमानले जेनतेन घर खर्च धानी रहेका थिए । चार जना सन्तानका अभिभावक बनेका रामकलीका दम्पतिको सानो व्यवासाय पनि विविध कारणले उन्नती हुन नसकेपछि उनका श्रीमान भारतमा कमाउन गए ।

केही व्यवासाय गर्छु भन्ने अठोट भएता पनि आर्थिक स्थिति कमजोर भएको कारणले रामकली बोहराको परिवारलाई गाउँघरमा कर्जा दिन कसैले नपत्याएनन् । यही क्रममा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिना धितो कर्जा लगानी गर्छ भन्ने कुरा उनले थाहा पाइन् ।

footwear zone

यही क्रममा तुलसीपुरस्थित टरी गाउँमा सो संस्थाको शाखा कार्यालयबाट हातमा सीप भएको तर पैसा नभएको महिलाहरुलाई आम्दानी गर्न कर्जा लगानी गर्ने कुरा थाहा पाएकी बोहरा २५ जनाको सदस्य रहने गरी २०७७ साल पुस महिनामा केन्द्र स्थापना भएको केन्द्रमा सदस्यको रुपमा आवद्ध भईन् ।

तत्पश्चात बाख्रापालनका लागि बोहराले प्रथमपटक ७५ हजार कर्जा लिइन् । सानो पूँजीबाट व्यवसाय शुरु गर्दै आएको आम्दानीले किस्ता तिर्दै गर्दा घरखर्च पनि सहजै चल्दै गयो । २ वटा माउबाट पाठापाठीहरु उत्पादन हुँदै गयो र आम्दानी पनि वृद्धि हुँदै गयो ।

मेहनत गर्दा आम्दानी हुन्छ, भन्ने कुरा थाहा पाएकी रामकलीले आफ्ना आवश्यकताहरु पूरा गर्नको साथसाथै व्यवसायलाई अझ ठूलो बनाउने मनसायले उनले दोश्रोपटक २ लाख कर्जा लिई केही गाई तथा भैंसी थपिन् ।

धन कमाउन विदेश जानु पर्दाको पिडाको अनुभव गरेका उनका श्रीमान्ले पनि त्यसमा सहयोग गरे । जसका कारण उनिहरु आफ्नै व्यवसायमार्फत मनग्य आम्दानी गर्न सफल भए । आफ्नै फिर्ता पाउनुपर्ने पैसासमेत फिर्ता पाउन गाह्रो भएको अवस्थामा संस्थाले बिना धितो ५ लाखसम्म कर्जा दिन्छ होला भन्नेसम्म नपत्याएकी उनी ग्लोबल आइएमई लघुवित्तको असल सदस्यमध्ये एक हुन् ।

यसरी आफ्नो दैनिकी व्यवसायमै बिताउँदै आएकी रामकली भन्छिन्, “दुःख र सुख जिन्दगीको दुई पाटो रहेछ । सुखलाई सबैले आत्मसात गर्न सजिलो हुन्छ भने, दुःखको अनुभव गर्न गाह्रो हुँदो रहेछ । मैले जिन्दगीको दुःख र सुखलाई आत्मसात गरी यहाँसम्म आएँ । दुःख परेको समयमा हरेस खाएर बसेको भए आज म यो अवस्थमा आउने थिइन । यस काममा ग्लोबल आईमइ लघुवित्त मेरो सहयात्री बनेको छ । ग्लोबल आइएमई लघुवित्तले दिएको साथ सहयोग र हौसलाले मलाई व्यवसायी बनाएको छ । आशा छ, यस ग्लोबल आइएमई लघुवित्तले आगामी दिनमा पनि हामी जस्ता काम गर्ने जाँगर भएका तर पूँजीको व्यवस्थापन गर्न नसक्ने लाखौं दिदीबहिनीहरुलाई आय स्तर बढाई आर्थिक आयअर्जान गर्नमा सहयोग गर्नेछ, भन्ने आशा लिएकी छु ।”

You might also like

Comments are closed.