काठमाडौं । कुमारी बैंकको सेयर कारोबार मंसिर ११ गते (आइतबार) देखि सुरु हुने भएको छ ।
एनसीसी बैंकसँग मर्ज प्रक्रियामा रहेको कारण असोज ११ गतेदेखि कुमारीको सेयर कारोबार रोक्का रहेको थियो । यसको कारोबार फुकुवा भएसँगै अब आइतबारदेखि कारोबार सुरु हुन लागेको हो ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्थाअनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

यी दुई बैंकले गत असोज १० गते मर्जरमा जाने सम्झौता गरेका हुन्। मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ।




Comments are closed.