नेपासा भोजनालयले ‘रैथाने भोजन सप्ताह तथा म:म जात्रा’ गर्ने

पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटन प्रवर्द्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ ।

नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवर्द्धन गर्न हेतुले नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा मंसिर १० गतेदेखी सो कार्यक्रमको आयोजना गर्न लागिएको नेपासाका संचालक एवम कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वसा सहित कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ थियो । भुजेलले स्थानीय रुपमा उपलब्ध हुने खाद्यान्न लगायतका वस्तुको सदुपयोग गर्दै स्वरोजगारको सृजना गरी आर्थिक रुपान्तरणमा सहयोग पुग्ने लक्ष्य लिइएको बताए ।

footwear zone

कार्यक्रमका नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले पोखरा आउने पर्यटकहरुले प्रकृति, संस्कृति तथा साहसिक गतिविधिका लागि आउने गरेको जनाउँदै अब थप प्रवर्द्धन गर्न यहाँको रैथाने खानालाई जोड दिएर ब्राण्डिङ गर्न सकिने बताए । उनले विभिन्न थाइ, इटाली लगायतका देशहरुका खाना अन्तराष्ट्रिय रुपमै ब्राण्डिङ भएको जनाउँदै नेपाली रैथाने खानका स्वादलाई पनि विविधता दिन सके पर्यटनको रोजाइमा पर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारीले नेपालमा पर्यटन प्रवर्द्धनको लागि विभिन्न आयामबाट जोडन सकिने बताए । उनले नेपासाले रैथाने खानाका स्वादिष्ट परिकारका सप्ताहव्यापी कार्यक्रम गर्नु निकै प्रशंसनीय भएको जनाउँदै पर्यटकले नेपालको विविध सांस्कृतिक विविधतालाई मन पराउने भएकाले यसै अनुसारको रैथाने खानाका परिकारमा पनि जोड दिन सके पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

पाकशास्त्री सन्दिप खत्री नेपालका रैथाने परिकारको ब्राण्डिङ हुन नसक्दा विदेशी मेनुहरु मात्र हरेक होटल रेष्टुरेन्टमा हुने गरेको बताए । उनका नेपालमा उत्पादित कोदो, गहुँ लगायतका अन्नबालि, फलफुल, तरकारीहरु बाट थुप्रै प्रकारका खाना तयार गर्न सकिने तर यस तर्फ सरोकारवालाहरुले अझै चासो दिन नसक्दा विदेशी स्वादलाई मात्र हरेक होटल रेष्टुरेण्टमा पस्किने गरेको बताए । उनले यो सप्ताहव्यापी कार्यक्रमले रैथाने खानाको स्वाद र परिकारलाई प्रचारप्रसार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

रैथाने परिकारहरुमा पूर्वि नेपालका राई लिम्वु जातीका खाना, सून्य क्यालोरीका मःम लोप हुँदै गरेका नेवारी खाना, प्राचिन शासक वर्गका रेसिपी, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस लगायतका रहने संयोजक भुजेले बताए । यसका साथै क्वाँटी मःम, १५ प्रकारका अन्य मःम, स्पेशल बिबि क्यू लगायतका परिकारहरु रहने भएका छन् । उनका अनुसार यो सप्ताहव्यापी कार्यक्रममा र प्रख्यात सेफहरुको प्रत्यक्ष सहभागितामा रैथाने खानाका परिकारहरु बनाउने र तिनका बारेमा जानकारी दिईने छ ।

इभेन्टमा सहभागि हुनेहरुका लागि गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाईडस्थित होटल रानीबन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिईने भएको छ । साथै फेवातालमा डुंगा सयर गराईने भएको छ ।

कार्यक्रम अवधिमा ग्यास्ट्रोनोमी एशोशिएसन अफ सेफ संस्थाले प्रमाण पत्र वितरण गर्ने, उत्तम अभियानको रनिङ टर्च पासको अवधारणा शुरु गरिने भएको छ । सोहि अवसरमा प्रशान्त खनालद्वारा लिखित पुस्तक ‘टिमुर’ को विमोचन र संचारकर्मी दीपेन्द्र पहारीद्वारा लिखित ‘हिप्पी टुरिजम’ पुस्तकको विमोचन गरिनेछ ।

You might also like

Comments are closed.