साताको सेयर : नेप्से १९ सय ३३.५५ अंकमा सीमित, तीन अर्ब ३० करोडको कारोबार

काठमाडौं। यो साता नेप्से १९ सय ३३ दशमलव ५५ अंकमा सीमित हुन पुगेको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८० दशमलव ९२ अंकमा सीमित भएको छ। सातामा दुई सय ३२ वटा कम्पनीहरुको ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

जसबाट कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रुपैंयाँ कायम भएको छ। यो कारोबार रकम गत साताको भन्दा कम हो । गत साता भने नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

जसबाट उक्त साता कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार छ सय ३१ रुपैयाँ पुगेको थियो। यो साता नेप्से तीन कार्य दिन मात्र खुल्ला रहेको थियो। जसमध्ये पहिलो र दोस्रो दिन नेप्से बन्द रहेको थियो भने तेस्रो र चौंथो दिन नेप्से घटेको थियो। पाँचौं दिन भने नेप्से बढेको थियो ।

footwear zone

जसमध्ये तेस्रो दिन सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने ११ दशमलव ५६ अंकले बढेर १९ सय ३३ दशमलव ५५ अंकमा चढ्न सफल भएको थियो।

You might also like

Comments are closed.