मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

काठमाडौं । मंगलम इण्डष्ट्रिज प्रा.लि.यस वर्ष सर्वाधिक आयकर बुझानेमा परेको छ । औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक राजस्व विभाग त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर बुझाएको छ।

सबैभन्दा बढी कायकर बुझाउनेमा परेको भन्दै मंगलम इण्डष्ट्रिजलाई आन्तरिक राजस्व विभाग त्रिपुरेश्वले सम्मानित गरेको छ। राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित कार्यक्रममा कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिजका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक शशी चुरिवालले ग्रहण गरेका थिए ।

कम्पनीका अध्यक्ष सुदर्शन चुरिवालले सम्मान ग्रहण कार्यक्रममा बोल्दै भने, ‘देशमै उत्पादन गरि देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौँ । देशको हितमा शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ । साथै यस यात्राको क्रममा हामीसंगै अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।”

footwear zone

मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।

You might also like

Comments are closed.